+
+

उदयपुरमा ७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १६:४९

२५ असोज, उदयपुर । ७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उदयपुरमा  प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-९ ज्‍यामिरे बस्‍ने २० वर्षीय दर्पण पञ्जियार (थारु) रहेका छन् ।

आइतबार करणी गरी फरार भएका उनलाई सोमबार राति इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राकेश पोदारले बताए ।

पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय बेल्टारमै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?