+
+

धनकुटाका १६ वटा मतदान केन्द्र अति संवेदनशील

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते ११:३०

२७ असोज, धनकुटा । आगामी मंसिर ४ गने हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा रहेका मध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेका छन् ।

सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा धनकुटामा रहेका १ सय १९ वटा मतदान केन्द्रमध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्ला सुरक्षा समितिका अनुसार धनकुटामा १६ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ४९ वटालाई संवेदनशील र ५४ वटालाई सामान्यमा वर्गीकरण गरिएको छ ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए वर्गीकरणमा परेका मतदानस्थल भने सुरक्षाको दृष्टिकोणले सार्वजनिक गर्न नमिल्ने प्रमुख जिल्ला अधिकारी कट्टेलको भनाइ छ ।

अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी चिरञ्जीवी दाहालले बताए । सुरक्षा अधिकारीका अनुसार निर्वाचन सामग्री लैजाने र मतदानसँगै मतदान पश्चात सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा गरिन्छ ।

प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा १ सय १९ मतदान स्थलमा १ सय ६२ मतदान केन्द्र छन् । यस्तै प्रदेश निर्वाचन क्षेत्र नं. क मा ६४ मतदान स्थलमा ८७ मतदान केन्द्र रहेका भने प्रदेश निर्वाचन क्षेत्र नं. ख मा ५५ मतदान स्थलमा ७५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?