+
+

जन्मभूमिमा देखिएको गलत प्रवृत्तिविरुद्ध मोरङ-३ मा मेरो उम्मेदवारी : रेखा थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १८:४३

काठमाडौं । अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आफू जन्मिएको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न उम्मेदवारी दिएको बताएकी छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले बिहीबार सुन्दरहरैंचा नगरपालिका-११ का मतदातासँगको भेटमा यस्तो बताएकी हुन् । समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको उनको भनाइ थियो ।

‘मेरो दायित्व यहाँको माटोसँग छ, यो क्षेत्रसँग छ । समानुपातिक भन्ने छँदै थियो । म यसरी भेला नभइकन पनि, तपाईंहरुसँग नभेटीकन पनि माननीय बन्ने मेरो उद्देश्य थियो भने म त्यहीं बसेर बन्न सक्थें,’ रेखाले भनिन्, ‘मलाई तपाईंहरुसँग भेट्नु थियो, तपाईंहरुसँग मलाई कुरा गर्नु थियो । मलाई यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घरपरिवार मेरा आफन्त हुन् । मैले यहाँको रक्षा गर्नुपर्छ र गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भनेर म यहाँ आएको हुँ ।’

रेखाले महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफैं समाप्त हुने समेत दाबी गरिन् । मोरङ-३ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र नेकपा एमालेका भानुभक्त ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?