+
+

नेपालले नोभेम्बरमा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १४:१०

२८ असोज, काठमाडौं । नेपालले आगामी नोभेम्बरमा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि लगाएको निलम्बन फुकुवा भएपछि पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो ।

पाकिस्तानी फुटबल टोली मैत्रीपूर्ण खेलका लागि नोभेम्बरको मध्यतिर नेपाल आउने भएको पाकिस्तान फुटबल फेडेरेसनले बिहीबार जानकारी दिएको छ ।

यस खेलका लागि पाकिस्तानले लाहोरमा ६ हप्ताको प्रशिक्षण गरेको पनि फेडेरेसनले जनाएको छ । ‘पाकिस्तानी टोली मध्य नोभेम्बरमा नेपालसँग प्रतिस्पर्धाका लागि तयार रहेको घोषणा गर्न पाउँदा हामी खुसी छौं,’ पाकिस्तान फुटबल महासंघले आधिकारिक सामाजिक सञ्जालमा लेखेको छ ।

यस खेलका लागि छिटै टिम घोषणा गरिने फेडेरेसनले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने यस विषयमा केही सार्वजनिक गरेको छैन ।एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले मैत्रीपूर्ण खेलका लागि पाकिस्तानबाट प्रस्ताव आएको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?