+
+

वीरगञ्जमा सवारी दुर्घटना हुँदा पैदल यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १४:४७

२८ असोज, वीरगञ्ज। वीरगञ्जमा सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ । पोखरिया नगरपालिका-१ वनकटुवा बस्ने ६० वर्षीय विगा रामको मृत्यु भएको हो ।

बुधबार बिहान १० बजे पर्सा वीरगञ्ज महानगरपालिका वडा न.२४ बहुअरी चोकमा लरीको ठक्करबाट रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

ड्राईपोर्टबाट परवानिपुर तर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको खाली लहरीले बाटो काट्दै गरेका रामलाई ठक्कर दिई गम्भिर घाईते बनाएको थियो ।

प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले उनलाई उपचारका तत्कालै उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको घोषणा चिकित्सकले गरेका थिए ।

वीरगञ्ज महानगरपालिका वडा नं.१९ बिन्दवासिनी बस्ने २४ बर्षीय सुजित यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?