+
+

‘विश्वप्रकाशप्रति मेरो सधैं सकारात्मक भावना थियो, छ, हुनेछ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १५:१८

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौला दलभित्रका चतुर रणनीतिकार मानिन्छन् । नयाँ पुस्तालाई अगाडि बढाउने, कहिले तिनैसँग तिक्तता साध्ने नेता भनी दुवै कोणबाट उनको मूल्यांकन हुने गर्छ ।

झापाकै सन्दर्भमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री सिटौलाबीच तिक्तता रहेको चर्चा निकै हुनेगर्छ । स्थानीय चुनावमा पनि त्यसको असर देखिएको थियो । यसपल्टको चुनावमा त्यस तिक्तताले निरन्तरता पाउला ? कि उनीहरुले त्यसमा विराम लगाइसकेका हुन् ? धेरैको जिज्ञासा छ ।

शुक्रबार अनलाइनखबरसँगको कुराकानीमा सिटौलाले विश्वप्रकाशप्रति आफ्नो सधैं स्नेह रहेको दाबी गरेका छन् । विगतमा पनि आफूले त्यस्तो सोच नराखेको उनको भनाइ छ ।

अनलाइनखबरले सोध्यो :

महामन्त्री विश्वप्रकाश शर्मासँग तपाईंको तिक्ततापूर्ण सम्बन्ध छ भन्ने बुझाइ छ । स्थानीय तहको चुनावमा पनि त्यसको असर देखियो । आसन्न चुनावमा पनि त्यस्तै हुन्छ ?

यो त नबुझ्नेहरुले, यथार्थ थाहा नपाउनेहरुले भन्ने कुरा हो । हामीले पार्टीका बैठकहरुमा सँगै बसेका छौं । उम्मेदवारी मनोनयन गर्न आउँदा एउटै हवाईजहाजमा आयौं । हाम्रोबीचमा कुनै भ्रम नछरियोस् । झापा जिल्ला र समग्रमै हामी एक भएर जान्छौं । पार्टी एक भएर जान्छ । तलमाथि हुने कल्पना नै गर्न सकिन्न ।

विश्वप्रकाशप्रति तपाईंको कुनै त्यस्तो भावना नै थिएन, छैन ?

विश्वप्रकाशप्रति मेरो सधैं सकारात्मक भावना थियो, छ, हुनेछ ।

यसपालि चुनावमा विश्वको क्षेत्रमा तपाईं, तपाईंको क्षेत्रमा विश्वप्रकाशले भाषण गरेको सुन्न पाइन्छ ?

समय यति थोरै छ । भाषणका कार्यक्रम कति राख्न भ्याइएला ? अहिलेसम्म सभाका कार्यक्रम बनेकै छैनन् । म भर्खरै आउँदैछु । संयुक्त संयन्त्र बनाएर जानुपर्ने आवश्यकता छ । कतिपय संयुक्त गर्दा नि भयो, कतिपयलाई आफ्नो क्षेत्र अनुरुप एक्लाएक्लै गर्दा नि भयो ।

समस्या के पर्‍यो भने मेरो क्षेत्रमा २८ वडा छन् । विश्वप्रकाशकहाँ पनि त्यस्तै होलान् । एक दिनमा एउटा वडा पुग्दा पनि एक महिना लाग्छ । समय पहिले नै कम भइसक्यो । त्यसैले कतिपय कुरा चाहेर पनि कठिन होला । समय पनि धेरै छैन । तर परस्पर सहयोग र समझदारी हुनेमा कत्ति पनि शंका नगर्नुहोला । हामी आन्तरिक समझदारी र सहकार्यका लागि एकमत छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?