+
+

कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १८:२०

२८ असोज, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने जनाएको छ ।

कक्षा ११ र १२ को सामाजिक शिक्षा एक/एक लाख र नेपाली र अंग्रेजी ५०-५० हजार गरी करिब पाँच लाख किताब प्रकाशन हुन बाँकी रहेको केन्द्रले जनाएको छ ।

कागज अभाव भएको कारण छपाइमा ढिला भएको तर कागज आइसकेकोले तिहारसम्म छपाइको काम सकिने केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले बताए ।

उनले भने ‘कागज नभएकोले समयमा छपाई गर्न सकिएन । तर, अब कागज आइसकेकोले तिहारसम्म सकिन्छ ।’ टेन्डरमार्फत अर्को नयाँ ठेकेदार कम्पनीलाई कागज ल्याउन दिईएकोले कागज ल्याउन समय लागेको उनले जिकिर गरे ।

कक्षा ११ को भदौदेखि र कक्षा १२ को असार अन्तिमदेखि नै पढाइ भइरहेको छ । तर, किताब नभएकोले समस्या भइरहेको विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।

उनले भने, ‘सामाजिक शिक्षा, नेपाली किताबहरु विद्यार्थीहरुले पाएका छैनन् । सरकारी प्रकाशन गृहमा छापेको किताब कहिल्यै समयमा नपाउने भए विद्यार्थीहरुले ।’

सामुदायीक विद्यालयहरुमा सबै जनक शिक्षा सामग्री केन्द्रको प्रकाशनको र यी दुई किताब नेपालीमा पढाउनुपर्ने हुन्छ । सरकारकै प्रकाशन गृहबाट छापिने अनिवार्य पढ्नुपर्ने पुस्तक कहिल्यै समयमा उपलब्ध नहुने तर त्यहि पुस्तक नीति प्रकाशन गृहबाट छापिएका बजारमा पाउनुले भने सशंकित बनाएको अभिभावक मिरा गुरुङले बताइन् ।

उनले भनिन्, ‘त्यही विषय नीजिबाट छापिएको बजारभरी हुनु जनक शिक्षाले समयमा नछाप्नु कतै नीतिको पुस्तक बिकाउनु त हैन भन्ने लाग्न थालेको छ ।’ निजीले समयमा सक्ने र सरकारले समयमा नसक्नुमा केही सम्बन्ध हुन सक्ने उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?