+
+

बेलायतका अर्थमन्त्री क्वासी क्वार्टेङ ३८ दिनमै बर्खास्त, जेरेमी हन्ट नयाँ मन्त्री

क्वार्टेङको ३८ दिनको कार्यकाल इतिहासमै सबैभन्दा कम समय जिम्मेवारी सम्हाल्ने बेलायती अर्थमन्त्रीको रूपमा रेकर्ड भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते २१:१६

२८ असोज, काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार आफ्ना अर्थमन्त्री क्वासी क्वार्टेङलाई दक्षिणपन्थी आर्थिक फोरमका कारण उत्पन्न उथलपुथलका लागि आरोप लगाउँदै बर्खास्त गरेकी छन् ।

वासिङ्टनमा अन्तर्राष्ट्रिय बैठकबाट फर्केपछि तत्कालै ट्रसले आफ्ना वित्तमन्त्रीलाई व्यक्तिगत रूपमा बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफ्नो मिनी बजेटका कारण बेलायती अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिएको आरोपपछि राजीनामा दिए  ।

‘तपाईंले मलाई वित्तमन्त्रीबाट राजीनामा दिन भन्नुभएको छ । मैले यसलाई स्वीकार गरेको छु,’ क्वार्टेङले प्रधानमन्त्री लिज ट्रसलाई सम्बोधन गर्दै ट्वीटरमा लेखेको राजीनामामा भनेका छन् ।

क्वार्टेङको ३८ दिनको कार्यकाल इतिहासमै सबैभन्दा कम समय जिम्मेवारी सम्हाल्ने बेलायती अर्थमन्त्रीको रूपमा रेकर्ड भएको छ ।

गत महिना उनले प्रस्तुत गरेको मा विवादास्पद ऋण–वित्त पोषित कर कटौती समावेश मिनी बजेटलाई बेलायतको आर्थिक समस्याको लागि दोषी ठहराउँदै उनलाई पदबाट हट्न दवाव दिइएपछि उनको राजीनामा आएको हो ।

बेलायती मुद्रा (पाउण्ड) लाई अमेरिकी डलरको तुलनामा ३७ वर्षको सबैभन्दा कमजोर अवस्थामा पुर्‍याउन मिनी बजेटको भूमिका रहेको ठहर बेलायती अर्थतन्त्रका जानकारहरूले गरेका छन् ।

विश्लेषकहरूले बेलायतमा मूल्यमा सरकारी उधारो र विविध सेवाको दरहरूको लागतमा वृद्धि हुनुमा मिनी बजेटलाई दोषी ठहर गर्दै चर्को दबाबपछि क्वार्टेङले राजीनामा दिएका हुन् । उनले यसै महिनाको सुरुमा सबैभन्दा बढी कमाउनेहरुका लागि ४५ प्रतिशत आयकरको दर खारेज गर्ने योजनामा यू–टर्न (पुनः विचार) गरेका थिए ।

‘मैले विगतका हप्ताहरूमा धेरै पटक भनिसकेको छु, यथास्थितिलाई पछ्याउनु कुनै विकल्प थिएन । लामो समयदेखि यो देश न्यून आर्थिक वृद्धिदर र उच्च करको चपेटामा परेको छ, यदि यो देश सफल हुने हो भने अझै पनि परिवर्तन हुनैपर्छ,’ उनले राजीनामामा भनेका छन् ।

बैंक अफ इङ्ल्यान्डले ऋणपत्र बजारमा हस्तक्षेप गरेपछि नयाँ सरकारले सेप्टेम्बर २३ मा कर कटौती गर्ने योजना बनाएको र त्यसपछि उत्पन्न वित्तीय उथलपुथल केही हदसम्म कम भएको छ ।

तर केन्द्रीय बैंकले शुक्रबार आफ्नो ऋणपत्र खरिदको क्रम अन्त्य गर्ने अडान लिएको थियो र बजार विश्लेषकहरूले गत महिना क्वार्टेङको विनाशकारी बजेट घोषणापछि ट्रसको ठूलो गिरावटले मात्र नयाँ आतङ्कलाई रोक्न सक्ने बताएका छन् ।

ट्रसको पत्रकार सम्मेलनका लागि कुनै समय दिइएको थिएन, तर यो घोषणाले खतराको भावनालाई जोड दिएको छ किनकि केही कन्जरभेटिभ सांसदहरूले बोरिस जोनसनको उत्तराधिकारी भएको पाँच हप्तापछि मात्र नयाँ नेतालाई अपदस्थ गर्ने वातावरण बनाउन सांसदहरूलाई परिचालन गरेका थिए ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले ‘सुसङगत’ नीतिको खाँचोबारे चेतावनी दिएपछि क्वार्तेङले यसै साता वासिङ्टनमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठक समापन गर्ने कार्यक्रम तय भएको थियो ।

ट्रेजरीका एक प्रवक्ताले क्वार्टेङले अक्टोबर ३१ मा हुने ‘आफ्नो मध्यम अवधिको वित्तीय योजनामा काम जारी राख्न’ यात्रा कटौती गरेको पुष्टि गरे । ट्रसले बिहीबार आफ्नै वित्तीय सल्लाहकारहरूसँग उनको अनुपस्थितिमा हतारमा बैठकहरू गरेकी थिइन् ।

बेलायती प्रसारणकर्ताहरूले क्वार्टेङको ब्रिटिस एयरवेजको विमान हिथ्रो विमानस्थलमा अवतरण गरेको प्रत्यक्ष फुटेज देखाएसँगै सरकारी ऋणपत्रको प्रतिफल कम भएको छ ।

बर्खास्तीसँगै बेलायतका पूर्व विदेशमन्त्री जेरेमी हन्टलाई बेलायतको वित्तमन्त्रीका रूपमा नियुक्त गरिएको डाउनिङ स्ट्रिटले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पचपन्न वर्षीय हन्टको नियुक्ति क्वासी क्वार्टेङको राजीनामापछि भएको हो । एएफपी/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?