+
+

सत्यमोहनको योगदानलाई राज्यले सम्झिरहने छ : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १०:४८

३० असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट निकै दुःखी भएको बताएका छन् । जोशीको योगदानलाई राज्यले सधैं सम्झिरहने पनि उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन्, ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ ।’

प्रधानमन्त्री देउवाले जोशीको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?