+
+

काठमाडौं-२ मा पुगेर प्रचण्डले भने : ओनसरीलाई विकासे मन्त्रालयको मन्त्री बनाउँछु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १५:२६

३० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–२ कि प्रतिनिधिसभा उम्मेदवार ओनसरी घर्तीले जितेमा विकासे मन्त्रालयको मन्त्री बनाउने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वसभामुख घर्तीलाई भोट माग्दै यस्तो बताएक हुन् ।

‘म तपाईंहरुलाई के विश्वास दिलाउन सक्छु भने उहाँलाई विजयी गराएपछि उहाँलाई एउटा राम्रो विकासे मन्त्री बनाएर तपाईहरुको अगाडि पठाइनेछ’ उनले भने ।

कार्यक्रममा प्रचण्ड भन्दा अगाडि सम्बोधन गरेकी ओनसरीले आफू निर्वाचित भए जोरपाटी साँखु सडक बनाउने प्रतिवद्धता जनाएकी थिइन् । उक्त सडक बनाउन नसके २ वर्षमा राजीनामा दिने पनि बताएकी थिइन् ।

कार्यक्रममा प्रचण्डले मतदातालाई एक अर्का पार्टीको चुनाव चिह्नमा मतदान गर्न अप्ठेरो नमान्न आग्रह गरे । उनले २०४६ सालको आन्दोलनदेखि नै कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गरेको भन्दै त्यतिबेलैदेखि हसिया हथौडा र रुख एउटैजस्तो भएको बताए ।

‘हामीले धेरै पहिलेदेखि हसिया हथौडा र रुखलाई एक बनाइसकेका हौं ।

२०४६ सालको आन्दोलन संयुक्त गरेर कम्युनिस्ट पार्टी र कांग्रेसको झण्डा साथसाथै राखेर आन्दोलनको आँधीहुरी चलायौं’ प्रचण्डले भने, ‘त्यतिबेला

देखि नै हसिया हथौडा र रुख एक ठाउँमा भएकै हो ।’

प्रचण्डले शान्ति सम्झौतामा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र तत्कालिन विद्रोही माओवादीका तर्फबाट आफूले हस्ताक्षर गरेको सम्झिए ।

‘त्यो सम्झौता मैले रुखमा र गिरिजाबाबुले हसिया हथौडामा छाप लाए बरारबर हो’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?