+
+

कमल भुसालको मुद्दा हेर्न नभ्याइनेमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १६:०७

३० असोज, काठमाडौं। रुपन्देही क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार डा. कमल भुसालको रिट हेर्न नभ्याइनेमा परेको छ ।

भुसालले गत शुक्रबार निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई रिट दर्ता गराएका थिए । उनको रिछ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकै इजलासमा परेको थियो ।

न्यायाधीश श्रेष्ठकै इजलासमा परेको सत्ता गठबन्धनकातर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का साझा उम्मेदवार उम्मेदवार राजु गुरुङको रिटमा सुनुवाई जारी छ ।

बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले रिट दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?