+
+

विराटनगरले पनि लगायो अवैध संरचनामा डोजर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १७:१२

३० असोज, विराटनगर । विराटनगर महानगरपालिकाले सडक मिचेर बनाइएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ । विराटनगर महानगरपालिका–३ स्थित कन्यामार्गमा सडक क्षेत्रभित्र परेको पर्खाल हटाएर अबैध संरचना हटाउने अभियान सुरु गरेको हो ।

स्थानीय कृष्ण रेग्मी र लक्ष्मी रेग्मीले कम्पाउण्ड वाल भत्काउन नदिँदा कन्यामार्गमा नाला निर्माणको काम रोकिएको थियो । पर्खाल हटाएपछि अब नाला निर्माण गर्ने महानगरले जनाएको छ ।

मापदण्डअनुसार सडक निर्माणमा अवरोध भएको स्थानका पर्खाल र संरचना हटाउँदै जाने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

अवैध संरचना हटाउने अभियान सुरु गरेको महानगरले नक्सा पास नगरेका संरचनाको नक्सा स्वीकृत गर्न सूचना पनि जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?