+
+

जयरानीले जितिन् कीर्तिमानसहित दोश्रो स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १०:३२

३१ असोज, पोखरा । त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत दोश्रो स्वर्ण जितेकी छिन् ।

उनले सोमबार बिहान पोखरा रंगशालाको ट्रयाकमा १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेका हुन् । जयरानीले हिटमा १५.१६ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

तर फाइनलमा भने उनको टाइमिङ राम्रो हुन सकेन र उनले १५.६९ सेकेण्डको टाइमिङ सहित स्वर्ण जितिन् । जयरानीले आइतबार ४०० मिटर हर्डल्समा कीर्तिमानसहित स्वर्ण जितेकी थिईन् ।

आर्मीकी निर्मला थापाले १६.२५ सेकेण्डमा दूरी पूरा गरेर रजत हात पारिन् ।  एपीएफकी भगीरथी थारुले १९.२३ सेकेण्डको समयसहित कांस्य पदक जतेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?