+
+

प्रहरी सरकार र जनताबीच नजिकको साथी : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १३:४१

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीले सरकार र जनताबीच नजिकको साथीका रुपमा भूमिका खेलेको बताएका छन् ।

६७ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै देउवाले भने, ‘जनतालाई सरकारसँग जोड्ने काम प्रहरीले गरेको छ ।’

उनले शान्ति सुरक्षा विकास निर्माणका लागि अपरिहार्य तत्व भएको बताउँदै भने, ‘यसमा प्रहरीले आफूलाई अब्बल साबित गराएको छ ।’ जुनसुकै बेला आपतविपद् पर्दा जनताले सुरुमा प्रहरीलाई सम्झिने बताउँदै उनले यसलाई सबल र सुदृढ बनाउँदै जाने बताए ।

सुरक्षा र न्यायप्रति जनतालाई अनुभूति दिलाउने सन्दर्भमा प्रहरीले सबैको आशा, विश्वास र भरोसाको केन्द्र भएको बताउदै देउवाले प्रहरीले आफ्नो कार्यसम्पादनबाट देशभित्र नभइ, बाहिर पनि प्रशंसा कमाएको बताए ।

उनले भने, ‘संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागी भएर प्रहरीले गरेको काम प्रशंसनीय छ ।’ उनले प्रहरीको आधुनिकीकरण र सुदृढीकरणलाई सरकारले प्राथमिकता दिएको पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?