+
+

सुदूरपश्चिमकी उपसभामुख र एमाले संसदीय दलका नेताले फिर्ता गरेनन् गाडी

जनक विष्ट जनक विष्ट
२०७९ असोज ३१ गते २०:४२

३१ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुखसहितका पदाधिकारीलेसुविधा वापत पाएको गाडी अझै फिर्ता नगरेको पाइएको छ ।

उपसभामुख निर्मला जोशी बडाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता प्रकाश शाहले सरकारी सुविधा वापतको गाडीसहितका सामान फिर्ता नगरेको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार सभामुख अर्जुनबहादुर थापासहित विषयगत समितिका सभापति, सत्ता पक्षीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतकले सुविधा वापत पाएका गाडी फिर्ता गरेका छन् । तर उपसभामुख बडाल र शाहले भने अहिलेसम्म प्रयोग गरिरहेका छन् ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले पनि उपसभामुख बडालले प्रयोग गर्दै आएको से १ झ २७७ नम्बरको स्कारपियो गाडी, सुपप्र ०१००१ ब् १४४५ नम्बरको स्कुटर, दुई वटा मोबाइल र ल्यापटप तथा शाहले प्रयोग गर्ने से १ झ २९९ नम्बरको गाडी र ल्यापटप अहिलेसम्म फिर्ता नभएको पुष्टि गरे ।

उपसभामुख बडालले अहिलेसम्म सरकारी निवास प्रयोग गरिरहेकी छन् ।

सभामुख थापाले सरकारी गाडी, निवास र सुरक्षा फिर्ता गरेको र सचिवालयबाट बुझेको ल्यापटप, डिजिटल क्यामेरा र मोबाइल फोन भने नबुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै सार्वजनिक लेखा समितिकी सभापति नन्दा बमले सरकारी गाडी फिर्ता गरेपनि सचिवालयबाट बुझेको ल्यापटप र प्रिन्टर फिर्ता गरेकी छैनन् ।

कार्यकाल सकिएपछि कानुनतः फिर्ता गर्नुपर्ने प्रदेशसभा सदस्यको लोगो भने कसैले पनि फिर्ता नगरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सरकारी सुविधा वापत पाएको गाडीसहितका सामग्री फिर्ता नगरिएको विषयमा उपसभामुख बडालले फिर्ता नगरेपनि आफूले प्रयोग नगरेको दाबी गरेकी छन् ।

‘गाडी लगायतका सरकारी सुविधा फिर्ता गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था नभएकाले अन्यौल भएको हो । मैले फिर्ता नगरेपनि दुई महिनादेखि प्रयोग गरेकी छैन’, उनले दाबी गर्दै भनिन्, ‘उम्मेदवार नबनेपछि छोड्नैपर्छ भन्ने पनि छैन नि ।’ प्रतिपक्षी दलका नेता शाहको प्रतिक्रिया लिन खोज्दा उनीसँग टेलिफोन सम्पर्क हुन सकेन ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?