+
+

४०० मिटर पुरुष दौडमा पनि राष्ट्रिय कीर्तिमान, आर्मीका सोमले जिते स्वर्ण

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक १ गते ९:३८
Photo Credit : NSJF

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चार सय मिटर पुरुष दौडमा त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमालले आफ्नै टाइमिङ सुधार गर्दै स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न दौडमा सोमले निर्धारित दूरी ४७.९५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् ।

यसअघि सन् २०१६ मा काठमाडौंमा भएको प्रतियोगितामाले उनले ४८.२० को ह्यान्ड टाइमिङ कीर्तिमानमा सुधार गरेका हुन् ।

चार सय मिटर पुरुष दौडमा सन् १९९० को बेइजिङ एसियन गेम्समा आशाराम चौधरीले ४८.३२ सेकेण्डको इलेक्ट्रिक टाइमिङ कीर्तिमान बनाएका थिए । आशारामको भन्दा राम्रो समय निकाले पनि सोमको कीर्तिमानले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन ।

आफ्नो बेस्ट टाइमिङसहित स्वर्ण जितेपछि सोम कुमालले एकदमै खुशी लागेको बताए । ’राम्रो प्रदर्शन भयो । म अरुलाई भन्दा पनि आफैंलाई जितेर देखाउँछु भनेर नै दौडने हो । व्यक्तिगत बेस्ट टाइमिङ बन्यो,’ उनले भने ।

८ सय मिटरको राष्ट्रिय कीर्तिमान सोमकै नाममा छ । उनले सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा ८ सय मिटरमा १ मिनेट ५०ः२५ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

८ सय मिटरले आफूले यसअघि नै कीर्तिमान बनाइसकेको बताउदै सोमले चार सय मिटरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित दौडेको बताए । उनले राष्ट्रिय खेलकुद खेलाडीहरुको लागि सबैभन्दा ठूलो मेला भएकोले यसमा राम्रो प्रदर्शन गर्नुको छुट्टै महत्व हुने बताए ।

आफू गण्डकी प्रदेशकै खेलाडी भएकाले पोखरामा आएर स्वर्ण जित्दा खुशी लागेको बताए ।

चार सय मिटर पुरुषमा एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्ड टाइमिङसहित रजत जिते । आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्ड टाइमिङसहित कास्य जिते ।

महिलातर्फको चार सय मिटर दौडमा एपीएफकी रमिताकुमारी थारुले ५८.१० सेकेन्डमा ४ सय मिटर दुरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।

 

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?