+
+

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १३:१६

काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले पेस गर्छ ।

सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा स्टारर फिल्मले मित्रताको कथा भन्छ ।

फिल्ममा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् । नेपालमा पदयात्राको मौसम पनि सुरु भएकाले यो फिल्म अझै महत्वपूर्ण हुनसक्छ ।

खासमा भारतको मुम्बईदेखि नेपालको सगरमाथासम्मको यात्राको कथा हो यो फिल्म । ट्रेलर हेर्दा लाग्छ, उमेर संख्या मात्र हो । उमेर बढेपछि खुलेर जीवन बाँच्नुपर्छ र आशावादी बन्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।

नेपालमा झण्डै एक महिना रहेर छायांकन गरिएको फिल्मले नेपालको पर्यटन विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । चार जना साथीहरु भेट भएपछि नेपाल घुम्न निस्किएको यो रोमाञ्चक कथालाई नेपाली दर्शकले पनि रुचाउने अपेक्षा छ ।

‘उचाइ’ कात्तिक २५ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?