+
+

कोका-कोलाको सहयोगमा कुबेतबाट १४ जना नेपाली स्वदेश फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १७:११

काठमाडौ‌ं । दशैं तथा तिहारको अवसर पारेर कोका–कोला नेपालले वैदेशिक रोजगारीमा गएका तर स्वदेश फर्कन नसक्ने अवस्थामा रहेका १४ जना नेपालीलाई घर फर्काएको छ ।

सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपालीलाई स्वदेश फिर्ता ल्याएको कम्पनीले जनाएको छ ।

कोको कोलाको सहयोगमा घर फर्किएकी कान्छी माया तामाङले ६ वर्षपछि नेपाल फर्कन पाएकोमा खुसी व्यक्त गरिन् ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले रोजगारीका लागि विदेशिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहेका नेपालीहरुलाई घर आउने व्यवस्था मिलाउन पाउँदा खुसी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?