+
+

झापामा भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते २१:५६
कञ्चटमा गोली हानेर ढलेपछि ।

१ कात्तिक, विर्तामोड । झापाको गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर एक जना व्यक्तिले ‘आत्महत्या’ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको छ । उनले आफैंले कन्चटमा गोली हानेको हुनसक्ने देखिएको झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले अनलाइनखबरलाई बताए ।

यसको केहीअघि शाहले उनका भतिज १५ वर्षीय हेमराजलाई गोली हानेका थिए । उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

मृतक शाह सशस्त्र प्रहरी बलबाट अवकाशप्राप्त कर्मचारी हुन् ।

उनले ‘ह्याण्ड मेड’ पेस्तोलबाट गोली हानेको देखिएको छ । भतिजलाई गोली हानिएभन्दा ५० मिटर उत्तरमा रहेको गेउरिया खोला किनारमा बाँसको झ्याङ्गमुनि शाह गम्भीर अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार उनको साथमा भेटिएको पेस्तोलबाट ३ राउण्ड गोली समेत बरामद भएको छ । ११ वटा गोली पनि भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुबीच पारिवारिक विवाद हुनसक्ने आशंका गरिएको छ । यसबारे इलाका प्रहरी कार्यालय, दमकले विस्तृत अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?