+
+

नेपाली मूलकी परिजिता अमेरिकी संस्करणको द भ्वाइसको नकआउटमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १२:१४

काठमाडौं । ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् ।

नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले अन्य दुई प्रतिस्पर्धीलाई समेत हराइन् । कोच जोन लिजेन्डको समूहबाट नकआउट चरणका लागि परिजिता र मेरिलाइन्डबीच प्रतिस्पर्धा भएको थियो ।

कोच जोनले ब्याटलको लागि ‘हाउ डीप इज योर लभ’ गीत गाउन सुझाएका थिए । उक्त गीत गाएर चारैजना कोचलाई परिजिताले मन्त्रमुग्ध बनाएकी थिइन् ।

जोनसहित चारैजना कोचले नकआउट चरणका लागि परिजितालाई रोजेका थिए । सानो उमेरमा उनले यति गम्भीर गीतलाई समधुर र सहज ढंगले गाएको भन्दै कोचले प्रशंसा गरेका थिए ।

परिजिता परिवारसहित अमेरिकामा बस्दै आएकी छन् । १७ वर्षीया यी किशोरीलाई नेपाली समुदायबाट पनि समर्थन मिलिरहेको छ ।

यता द भ्वाइसको नेपाली संस्करणमा पनि ब्याटल राउण्ड चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?