+
+

नेपाल चीन सीमा नजिकै ४६ मिनेटभित्र २ वटा भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १६:३१

२ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकमा नेपाल चीन सीमा केन्द्रविन्दु बनाएर आज (बुधबार) दिउँसो ४५ मिनेट भित्र २ वटा भूकम्प गएको छ ।

सीमा नजिकै चिनियाँ भूमिमा केन्द्रविन्दु बनाएर ३ बजेर ७ मिनेट जाँदा पहिलो भूकम्प गएको थियो । त्यसको ४५ मिनेटपछि ३ बजेर ५३ मिनेटमा अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पहिलो भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको र दोश्रो कम्पन ४.५ म्याग्निच्युटको रहेको केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको केन्द्रविन्दु नजिकै रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख जयनन्द केसीका अनुसार त्यस क्षेत्रमा भूकम्पको पहिलो धक्का बेस्सरी महसुस भएको थियो ।

‘भूकम्प लगत्तै यहाँका मानिसहरु खैला बैला गर्दै बाहिर निस्किएका थिए, यहाँ कुनै क्षति भएको छैन,’ केसीले भने, ‘डाँडाकाँडाबाट ढुंगा झर्छकी भन्ने थियो त्यसो भएन । तर भूकम्पले बेस्सरी हल्लायो ।’

पहिलो धक्का काठमाडौ उपत्यकासहित आसपासको क्षेत्रमा पनि महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?