+
+

नेपालमा नेक्सन र टिगोर विद्युतीय गाडीको माग बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १६:५१

काठमाडौं । टाटा मोटर्सको नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीको माग नेपाली बजारमा तीब्र रहेको कम्पनीले जनाएको छ ।

नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीको बढ्दो मागलाई ध्यानमा राखेर तीन चरणमा आफ्नो पोर्टफोलियो विस्तारलाई बलियो बनाउने घोषणा गरेको कम्पनीले जनाएको छ ।

नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको कम्पनीको भनाइ छ । विद्युतीय गाडी आयातमा वृद्धि हुँदा गाडी बुकिङ गर्ने ग्राहकले समेत धेरै समयसम्म प्रतिक्षा गर्नुपर्ने अवस्था नरहेको कम्पनीले बताएको छ ।

यसैगरी फोर्ड इन्डिया प्रालिको सनन्द प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता गरेको छ । प्राविधिक रुपले समुन्नत यसको प्रति वर्ष ४ लाख २० हजार इकाइ विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ । कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्ल्याटफर्म अनुरुप विकास गर्नेछ । टाटा मोटर्स ले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दैछ ।

टाटा मोटर्सले नेपालमा नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरुको विक्री वितरण प्रारम्भ गरेको एक वर्ष पूरा गरिसकेको छ । चार्जिंग र ग्राहक सेवा सम्बन्धि बृहत पूर्वाधारसहित यी गाडीहरुले निरन्तर बजार विस्तार भइरहेको कम्पनीले बताएको छ ।

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदीले १९ वटा फास्ट चार्जिंग स्टेसन र १०० वटा स्लो चर्जिंग स्टेसनको स्थापना गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?