+
+

कृषि विज्ञ भन्छन् : ठूला किसानलाई सरकारी अनुदान दिनु जरुरी छैन  

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १७:२२

२ कात्तिक, काठमाडौं । ठूला किसानहरुलाई कृषि अनुदान दिन नहुने विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । बुधवार काठमाडौंमा खाद्यका लागि कृषि अभियानले आयोजना गरेको जैविक खेतीः खाद्य प्रणालीको पुनर्जीवन विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि विज्ञहरुले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।

कृषि विज्ञहरुले सरकारले साना किसानलाई अनुदान, मझौला किसानलाई प्रविधि र ठूला किसानलाई नयाँ कृषि प्रणाली विकासका लागि प्रोत्साहन गरेमात्रै नेपालमा दीगो खाद्य विकास र कृषि प्रणालीको विकास हुने बताए । नेपालको कृषि क्षेत्रले मुलुकको अर्थतन्त्रलाई ठूलो योदान गर्नसक्ने जिकिर उनीहरुको थियो ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाले सरकारले ठूला किसानलाई अनुदान दिन आवश्यक नभएको बताए । साना किसानलाई व्यवस्थापन, मझौला किसानलाई उत्थान र ठूला किसानलाई नयाँ कृषि प्रणालीको विकासमा सहयोग गर्न जरुरी रहेको उनको भनाइ थियो ।

उनले भने, ‘ठूला किसानलाई हतोत्साह नगरौंँ । ठूला किसानलाई नयाँ कृषि योजना बनाउन दिऔँ । साना किसानलाई व्यवस्थापन गरौँ । मझौला किसानलाई उत्थान गरौँ । ठूला किसानलाई अनुदान दिन जरुरी छैन । सहुलियत दरमा ऋण दिए हुन्छ ।’

साना किसानलाई अनुदान र मझौलालाई टेक्नोलोजी दिनुपर्ने उनको भनाइ थियो । नेपालमा व्यवसायीक कृषि प्रणालीको विकास गर्नुपर्ने देखिएको भन्दै उनले त्यो गर्न सकेनौ भने निर्वाहमुखी कृषिबाट माथि जान नसक्ने बताए ।

कृषि आनुवंशिक स्रोतकेन्द्र जिन बैंक नार्कका प्रमुख तथा वैज्ञानिक डा. बालकृष्ण जोशीले रैथाने बालीको उत्पादन बढाउनका लागि नेपालको ठाउँ विशेष प्रमुख खाद्य बाली लगाउनुपर्ने बताए ।
कृषक माधव ढुङ्गेलले सरकारले विषादीयुक्त खेतीलाई प्रोत्साहन गर्ने र अर्कोतर्फ मल र बीउ किनेर सस्तोमा बाँड्न खोजेको बताए । सरकारले बिष पनि सँगै बाँड्ने र सरकारले नै विषमुक्त उत्पादन बाँड्ने दोहोरी नीति हुन नहुने उनको भनाइ थियो ।

राज्यको घोषित नीति नै किसानको संख्या घटाउने रहेको भन्दै उनले राज्यले किसानका लागि अहिलेसम्म केही नगरेको आरोप लगाए ।

सरकार आफैं रैथाने कृषि उत्पादनलाई प्रवद्र्धन गर्न, रासायनिक मल र विषादीको आयातमा जोड दिएर दोहोरो नीति लिँदा किसानहरु मर्काका परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?