+
+

हलमा नाइट शो खुलाउन सञ्चार मन्त्रालयलाई चलचित्र संघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १७:१९

काठमाडौं । नेपाली फिल्मको प्रदर्शन र वितरणमा देखिएका समस्याबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदर्शकहरुको संस्था नेपाल चलचित्र संघलाई बुधबार मन्त्रालयमा बोलाएर छलफल गरेको छ ।

मन्त्रालयका प्रवक्ता तथा चलचित्र सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेल र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ नेतृत्वको टोलीबीच छलफल भएको थियो ।

वार्तामा चलचित्र संघले १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने चलचित्र विकास बोर्डको निर्णयबारे पुनर्विचार गर्न मन्त्रालयलाई आग्रह गरेको थियो । ‘साँझमै हल बन्द गर्दा यसले पर्यटन समेत प्रभावित हुने भएकाले यसमा पुनर्विचार गर्न आग्रह गर्‍यौं,’ भेटमा सहभागी संघका सदस्य सुरेन्द्र थापाले बताए ।

साथै, एक साताअघि नै सेन्सर गर्नुपर्ने बोर्डको निर्णयबारे पनि पुनर्विचार गर्न चलचित्र संघले सुझाएको छ ।

मन्त्रालयले भने विशेष फिल्म घोषणा भएको ‘नालापानी’लाई शोमा सहयोग गर्न संघका पदाधिकारीलाई आग्रह गरेको थियो । मन्त्रालयको आग्रहअनुसार भोलि (बिहीबार) बस्ने चलचित्र संघको बैठकले समस्याका बुँदाहरु संकलन गरेर मागपत्र बुझाउने भएको छ ।

अहिले अमेरिका भ्रमणमा रहेका बोर्ड अध्यक्ष भुवन केसी फर्कने बित्तिकै प्रदर्शक संस्थाबाट समेत सदस्य रहने गरी समस्या समाधान र सुझाव कमिटी गठन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

छलफलमा संघका पदाधिकारीले घरेलु फिल्मको पछिल्लो समस्याबारे मन्त्रालयलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?