+
+

बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु १८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते २०:४०

२ कात्तिक, धनगढी । बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी हवलदार शेरबहादुर चन्दका अनुसार मष्टा गाउँपालिका–२ का ५ र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मष्टा गाउँपालिका–२ का २८ वर्षीया बसन्ती धामी कठायत, उनकी ७ महिनाकी छोरी दीक्षिता, सोही वडाकी १३ वर्षीया सम्झना खड्का, १४ वर्षीय प्रचण्ड खड्का, १५ वर्षीय रोशन खड्का, शुक्लाफाँटा नगरपालिका–७ का ४० वर्षीय झरेन्द्र बोहरा र २ बस्ने ३८ वर्षीय वीरेन्द्र अधिकारी रहेका छन् ।

जीपमा सवार अन्य १८ जना घाइते भएका छन् । उनीहरु मध्ये गम्भीर अवस्थाका ३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । मष्टा गाउँपालिका–२ बस्ने ५० वर्षीय सिन्कीदेवी भण्डारी, ३६ वर्षीय सिंहवीर बुढा र १० वर्षीय विशाल खड्कालाई जिल्ला अस्पताल बझाङले डडेल्धुरा रेफर गरेको हो । अन्य १५ जना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ ।

सदरमुकाम चैनपुरमा लागेको मेला हेरेर फर्किनेहरु चढेको पि दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमता भन्दा धेरै यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?