
३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा सम्पन्न पुरुष बास्केटबलमा आयोजक गण्डकी प्रदेश र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् ।
प्रतियोगिताको फाइभ अन फाइभ तर्फ विभागीय टोली एपीएफले स्वर्ण जितेको हो भने थ्री अन थ्री तर्फ आयोजक गण्डकी प्रदेशले ।
फाइभ अन फाइभतर्फ भएको फाइनलमा एपीएफले आयोजक गण्डकीलाई ८१-७९ स्कोरले हरायो र थ्री अन थ्रीमा व्यहोरेको हारको बदला पनि लियो । यसअघि थ्री अन थ्रीमा आयोजक गण्डकीले एपीएफलाई २१- १६ स्कोरले हराएर स्वर्ण जितेको थियो ।
फाइभ अन फाइभतर्फ त्रिभुवन आर्मी क्लबले कांस्य पदक जित्यो । उसले फाइनलमा बागमती प्रदेशलाई ७८- ६० स्कोरले हराएको थियो ।
थ्री अन थ्रीमा भने बागमती प्रदेशले कांस्य पदक जितेको छ । बागमतीले आर्मीलाई १९-१५ स्कोरले हराएको थियो ।
गत २८ गतेदेखि पोखरा रंगशालामा सुरुभएको प्रतितोगितामा ३ बिभागीय टोली सहित १० टिमको सहभागिता थियो । खेललाई लिक कम नक आउटको आधारमा खेलाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4