+
+

फिनल्याण्डमा युरोपमा रहेका नेपालीको भलिबल प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १४:५८

काठमाडौं । फिनल्याण्डको हेलसिन्कीमा युरोपेली मुलुकमा रहेका नेपालीहरुको भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय हिमालयन स्पोर्ट्स क्लबको आयोजनामा हुने ‘प्रथम हिमालयन कप २०२३’ भलिबल प्रतियोगिता आगामी जनवरी ८ अर्थात् पुस २४ गते हुनेछ ।

युरोपेली मुलकमा बसोबास गर्ने नेपालीहरुमा खेलकुद गतिविधिको प्रवर्द्धन तथा आपसी सम्पर्क र सहकार्यलाई बढावा दिने उद्देश्यले प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए । उनका अनुसार हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने लक्ष्य छ ।

प्रतियोगितामा भाग लिन इच्छुकले टिम निर्माण गरी आवेदन दिनसक्ने क्लबले जनाएको छ । यसका लागि आगामी नोभेम्बर १५ भित्र टिम दर्ता गराइसक्नुपर्नेछ । प्रतियोगिताको विजेता टोलीले दुई हजार युरो नगद, ट्रफी र मेडल पाउनेछ । उपविजेतालाई पनि पुरस्कार प्रदान गरिनेछ ।

इगल्स ट्रान्सपोर्टको मुख्य प्रायोजन रहने प्रतियोगितालाई सोलु र इन्डियन मार्केट तथा जिन्जर, नेपाल प्यालेस, एभरेष्ट र खुकुरी नेपाली रेष्टुरेन्टले प्रायोजना गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?