+
+

अल्लु अर्जुनको ‘पुष्पा-२’ बन्यो बहुप्रतीक्षित ‘हिन्दी’ फिल्म, पछि परे शाहरुख र सलमान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १६:४९

काठमाडौं । हिन्दी फिल्मका लागि आउँदै गरेको १२ महिना ठूलो बजेट र स्टारले भरिएका लाइनअपले खचाखच हुनेछ । अपेक्षा ठूलो छ र प्रशंसक तथा फिल्मकर्मी बलिउडलाई पुनर्जीवन दिने आशामा छन् ।

तर एक नयाँ विवरणअनुसार शाहरुख खान र सलमान खानजस्ता हेभिवेट कलाकारका फिल्मलाई उछिन्दै एक दक्षिण भारतीय फिल्म सबैभन्दा प्रतीक्षित फिल्म घोषित भएको छ ।

उक्त विवरणले अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा : द रुल’लाई सबैभन्दा प्रतीक्षित हिन्दी फिल्मको शीर्षस्थानमा राखेको छ । अल्लु अर्जुन, फहदा फैसल र रश्मिका मन्दाना स्टारर फिल्म ‘पुष्पा : द रुल’ सन् २०२१ मा रिलिज भएको ब्लकबस्टर फिल्म ‘पुष्पा : द राइज’कै दोस्रो श्रृंखला हो ।

ओरम्याक्स मिडियाले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । डिसेम्बर २०२२ पछि प्रदर्शनको तयारीमा रहेका फिल्मलाई लिएर यस्तो विवरण सार्वजनिक भएको हो । पुष्पा-२ को ट्रेलर अहिलेसम्म रिलिज भएको छैन ।

रोचक कुरा के छ भने हिन्दी फिल्म नभए पनि ‘पुष्पा-२’ले शाहरुख खानको ‘पठान’लाई पछि पारेको छ, जुन दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा सलमान खान स्टारर जासूसी फिल्म ‘टाइगर ३’ रहेको छ । शीर्ष पाँचमा सन् २०२३ मा रिलिज हुने शाहरुखका अन्य दुई फिल्महरु ‘जवान’ र ‘डंकी’ छन् ।

‘पुष्पा-२’ को अहिले छायांकन भइरहेको छ भने प्रदर्शन मिति तय भइसकेको छैन । दीपिका पादुकोण र जोन अब्राहमको समेत अभिनय रहेको पठान २५ जनवरी २०२३ मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?