+
+

होटल-रेस्टुराँले मेनुमा सेवा शुल्क र भ्याट जोडेर लिए कारबाही हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १८:१०
प्रतीकात्मक तस्वीर

३ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मेनुमा उल्लेख भएबाहेक अतिरिक्त रकम उपभोक्ताबाट नउठाउन होटल रेस्टुराँलाई सचेत गराएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै होटल तथा रेस्टुराँले मेनु मूल्यमै सेवा शुल्क र भ्याट जोडेर मूल्य तोकेको हुने भन्दै थप रकम नलिन आग्रह गरेको छ ।

होटल तथा रेस्टुराँहरुले त्यसरी रकम लिने गरेको गुनासो विभागमा परेको र त्यस्तो कार्य उपभोक्ता संरक्षण ऐन विरुद्ध भएको विभागले स्पष्ट पारेको छ ।

मूल्य अभिवृद्धि कर नियमावली २०५३ को उपनियम १४ (ख) ले बिक्रीका लागि राखिएको वस्तुमा व्यवसायीले सेवा शुल्क, सबै कर र सबै सुविधा जोडेर मूल्य तोक्ने व्यवस्था गरेको विभागले प्रष्ट्याएको छ ।

यस्तो व्यवस्था हुँदा हुँदै सेवाग्राहीसँग होटल तथा रेष्टुँराले मेनु मूल्यका अतिरिक्त १३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क लिए उजुरी गर्न उपभोक्तालाई विभागले आग्रह गरेको छ । यस्तो कार्य नगर्न र नगराउन होटल तथा रेष्टुराँलाई पनि विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?