
११ फागुन, वीरगञ्ज । वीरगञ्जका होटल तथा मसाज केन्द्रलाई व्यवस्थित र मर्यादित बनाउन पहल सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यावसायी संघ पर्साले संयुक्त रूपमा यस्तो पहल सुरु गरेको हो ।
अभियान अन्तर्गत आइतबार वीरगञ्जस्थित क्लासिक ब्यान्क्वेटमा पहिलो चरणको छलफल कार्यक्रम आयोजना गरिएको ५ ।
‘मर्यादित होटल व्यवसाय सञ्चालनमा व्यवसायी र प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वीरगञ्जमा सञ्चालित होटल तथा स्पाका सञ्चालकहरूको सहभागिता रहेको संघले जनाएको छ ।
कार्यक्रममा संघका अध्यक्ष हरि पन्तले होटल व्यवसायी र प्रहरीको सहकार्य यस क्षेत्रको समस्या समाधानमा कोशे ढुंगा सावित हुने बताए । उनले २१औं शताब्दीको प्रहरीले अनावश्यक रूपमा होटलको कोठा चाहरेर आफ्नो महत्त्वपूर्ण समय बर्बाद नगर्न प्रहरीलाई सुझाव दिए ।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले कुनै पनि होटलमा होटल व्यवसायीहरूको प्रत्यक्ष संलग्नतामा गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगर्न र त्यसो गरिएको भेटिए कारबाहीका लागि तयार रहन चेतावनी दिए ।
मिश्रले आफू पर्सा आएपछि वीरगञ्जका ४ जना होटल व्यवसायीमाथि मानव बेचबिखानको मुद्दा चलाइएको जानकारी समेत गराए ।
कार्यक्रममा सहभागी होटल व्यवसायीहरूले व्यवसाय सञ्चालनमा प्रहरीको साथ र सहयोग रहने अपेक्षा व्यक्त गरेका थिए ।
कार्यक्रममा ७० भन्दा बढी होटल व्यवसायीहरू सहभागी थिए ।
प्रतिक्रिया 4