+
+

प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते ११:१४
२०७७ को प्रधानमन्त्री कप क्रिकेटको ट्रफीका साथ एपीएफ र नेपाल आर्मीका तत्कालीन कप्तानहरू । फाइल तस्वीर

४ कात्तिक, काठमाडौं । काठमाडौंमा कात्तिक १३ गतेदेखि हुने प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमको सहभागिता रहने छ ।

समूह एमा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।

यस्तै समूह बीमा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ छन् । हरेक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा गरेर दैनिक दुई खेल हुने क्यानले जनाएको छ । फाइनल खेल २६ कात्तिकमा हुने छ ।

पहिलाे दिन एपीएफ र आर्मीबीच कीर्तिपुरमा तथा मुलपानी मैदानमा पुलिस र बागमतीबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?