+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

राजदूत पराजुलीद्वारा स्पेनका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस

बसन्त रानाभाट बसन्त रानाभाट
२०७९ कात्तिक ५ गते ६:१८

बार्सिलोना  । स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्।

शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेकी थिइन् ।

म्याड्रिडमा रहेको नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त अवसरमा द्विदेशीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा समेत छलफल भएको जनाएको छ ।

राजदूत पराजुलीलाई बधाई दिनुका साथै राजा फेलिपेले नेपालको अनौपचारिक भ्रमणको सम्झना गरेका थिए । उनले फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताए ।

राजा फेलिपेले राजदूत पराजुलीको सफल कार्यकालको कामना गर्दै वितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी पनि व्यक्त गरे ।

स्पेनका राजाले कोभिड महामारी र नेपालमा हालै आएको बाढीका कारण ज्यान गुमाएका नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरे। सो अवसरमा राजदूत पराजुलीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश सुनाएकी थिइन् ।

राजदूत डा. पराजुलीले कोभिड–१९ को महामारीको बेला स्पेन सरकारको मानवीय सहायताका प्रति आभार प्रकट गरिन्। साथै राजदूत पराजुलीले सुन्दर मुलुक स्पेनमा न्यानो स्वागत गरेकोमा धन्यवाद पनि दिइन् ।

राजदूत पराजुलीले परराष्ट्र नीतिदेखि लिएर नेपालको विकास योजना र कार्यक्रमलगायतका विविध विषयमा पनि राजा फेलिपेलाई अवगत गराइन्।

उनले दुई देश र जनताबीच विद्यमान द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न अथक प्रयास गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिन्।

समारोहमा स्पेनको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल तथा महासचिव, राजदरबारका चिफ प्रोटोकल अफिसर, नेपाली दूतावासका कर्मचारीहरु तथा स्पेनी सञ्चार माध्यमका प्रतिनिधिहरु पनि उपस्थित थिए ।

भम्रणको आदानप्रदान

स्व.राजा वीरेन्द्र र स्वर्गीय रानी ऐश्वर्याले सन् १९८३ मा स्पेनको राजकीय भ्रमण गरेका थिए।  स्पेन भ्रमणको क्रममा दुई देशबीच सांस्कृतिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह देव र महारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहको निमन्त्रणामा स्पेनका राजा खुआन कार्लोस र रानी सोफियाले सन् १९८७ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।

सन् १९८४ जुलाईमा स्वर्गीय राजा वीरेन्द्रले स्पेनका राजा, स्पेनी जनता र स्पेन सरकारलाई हिमालयन रेड पाण्डाको एक जोडी उपहार दिएका थिए।

नेपाल र स्पेनबीच मे १३, १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपाल सरकारले २० फेब्रुअरी २०१७ मा म्याड्रिडमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो।

भरतबहादुर रायमाझीलाई स्पेनका लागि नेपालको पहिलो राजदूतमा नियुक्त गरिएको थियो। उनी दूतावास स्थापना गर्न १० जनवरी २०१८ मा म्याड्रिड पुगेका थिए। नयाँ दिल्लीस्थित स्पेनको आवासीय दूतावासले नेपाललाई समेत हेर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?