+
+

रावल र भूसाललाई लक्षित गर्दै ओलीले भने : एकै जनाले मात्र अवसर पाइरहनुपर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते १६:३४

५ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरु भीम रावल र घनश्याम भूसालले टिकट नपाउनु स्वभाविक भएको बताएका छन् ।

ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा रावल र भूसालको नाम नलिई पार्टीभित्र पर्याप्त अवसर पाएको र पार्टीको पक्षमा एक शब्द नबोलेकाले टिकट नदिएको बताए ।

ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरुले अरुलाई पनि पालो दिनुपर्ने भएकाले टिकट नपाउनु स्वभाविक भएको दावी गरे ।

‘असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन, भएका छन । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन्, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवामन्त्री, खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र ?’ उनले भने ।

पार्टीको हितमा एक शब्द नबोलेको र तमासा देखाइरहेको भन्दै ओलीले यस्ता कुराको पछि नलाग्न कार्यकर्ताहरलाइ आग्रह गरे ।

‘पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन । अरु अरु ठाउँमा तमासा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वभाविक हो नि । पालो गर्नु पर्दैन ? अरुलाई पनि त पालो गर्नु पर्छ नि त । पार्टीको पक्षमा त्यस्तो असाधारण भूमिका भएपनि ल उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन पार्लियामेन्ट चल्दैन, उहाँ नभईकन देश हाँकिदैन भन्ने स्थिति त होइन’ ओलीले भने ।

अवसर नपाउने धेरै नेता कार्यकर्ताले पार्टीको पक्षमा काम गरिरहेको तर दुई जनाका लागि फलानोले किन पाएन भनेर प्रश्न उठाइएको भन्दै उनले असन्तुष्टी जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?