+
+

चिनियाँ राष्ट्रिय कंग्रेसबाट पूर्वराष्ट्रपति हु जिन्ताओ बाहिरिएको अप्रत्याशित दृश्य

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते २०:०३
Photo Credit : Reuters

५ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको साताभर चलेको राष्ट्रिय कंग्रेसको अन्तिम दिन बेइजिङस्थित ग्रेट हलको मञ्चबाट पूर्व राष्ट्रपति हु जिन्ताओको अप्रत्याशित प्रस्थानले विश्वभरको ध्यान तानेको छ ।

समयभन्दा पहिला नै हुलाई किन बाहिर निकालियो भन्ने खुलेको छैन । तर यति भन्न सकिन्छ, यो पूर्व निर्धारित होइन ।

दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी राष्ट्रिय कंग्रेसले सी जिनपिङलाई एउटा नियमित अभ्यासको अन्त्य गर्दै तेस्रो अभूतपूर्व कार्यकालका लागि पुनः महासचिवमा नियुक्त गरेको छ । २०५ सदस्यीय केन्द्रीय कमिटी बनेको छ, जसले पार्टीको महत्वपूर्ण निर्णयहरु गर्ने शीर्ष कमिटी पोलिटब्यूरो चुन्ने छ ।

हरेक पाँच वर्षमा हुने कंग्रेसले आइतबार पोलिटब्यूरो सदस्यमध्येबाट सात सदस्य स्थायी समिति घोषणा गर्नेछ जो आगामी पाँच वर्षका लागि सीसँगै सत्तामा रहने कोर टिम हुनेछ ।

तीव्र तयारीको सङ्केतस्वरूप, सञ्चारमाध्यमका सदस्यहरूका लागि दिनमा एक पटक हुने कोभिड परीक्षण बढाएर शुक्रबारदेखि दिनको दुई पटक बनाइएको छ ।

तर शनिबार बिहान करिब ११ बजे पत्रकारहरूलाई मुख्य सभाकक्षमा भित्र्याउँदा सबैको ध्यान केन्द्रित अध्यक्ष मण्डलको अगाडिको पङ्क्तिमा सी र पोलिटब्युरोका स्थायी समिति सदस्य ली झान्सुको बीचमा बसेका ७९ वर्षीय कमजोर देखिने हुले ताने ।

एएफपीले सार्वजनिक गरेको फुटेजमा देखिएअनुसार दुई जना कर्मचारी पूर्व राष्ट्रपति हु भएको ठाउँमा आए । उनलाई कुर्सीबाट उठ्न भनियो । उनी अलमलमा परे र अगाडि रहेको महाधिवेशनसँग सम्बन्धित कागजातलाई समात्ने प्रयास गरे । तर उनका कागजहरू ली झान्सुले त्यहाँ आएका दुई कर्मचारीलाई दिएका थिए ।

दुई कर्मचारीले उठाएपछि बाहिर निस्कने क्रममा उनले राष्ट्रपति सीलाई द्विविधाको बीच केही भनेको जस्तो देखिन्छ । सीले पनि सहमतिमा मुन्टो हल्लाएको फुटेजमा देखिन्छ । हुले मार्चमा पद त्याग गर्न लागेका आफ्ना समर्थक प्रधानमन्त्री ली केकियाङको काँधमा धाप मारे ।

उप-प्रधानमन्त्री हु चुनहुवा, अर्का हू प्रोटेगे, पूर्व राष्ट्रपति उहाँको छेउबाट हिंड्दा निश्चिन्त देखिए । पूर्व राष्ट्रपति हु अप्रत्याशित रूपमा बाहिरिएपछि सी नजिककैको एउटा कुर्सी खाली राखेरै कार्यक्रम अगाडि बढिरह्यो ।

हुको कमजोर उपस्थिति पार्टीका अग्रज सोङ पिङले देखाएको जीवन्त सक्रियताको विपरीत थियो, जो १०५ वर्षको उमेरमा कार्यक्रममा बसिरहेका थिए ।

भियना विश्वविद्यालयका चिनियाँ राजनीतिका विज्ञ लिंग लीले हुको असान्दर्भिक प्रस्थानप्रति टिप्पणी गर्दै ट्वीटरमा भनेका छन्, ‘२० औं पार्टी महाधिवेशनलाई यसरी नै सम्झिइनेछ ।’

(साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित गुओ रुइ र मीमी लाउको सामग्रीको सम्पादित भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?