+
+

ह्वासिन सिमेन्टले पायो ओपीसी ४३ ग्रेडको मान्यता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १५:२८

६ कात्तिक, काठमाडौं । ह्वासिन सिमेन्टले ओपीसी ४३ ग्रेड गुणस्तर प्रमाण चिन्ह पाएको छ । गुणस्तर परिषद्को बैठकले सिमेन्टको ४३ ग्रेड गुणस्तर प्रमाण चिन्ह स्वीकृत गरेको नेपाल गुणस्तर तथा नाप तौल विभागले जनाएको छ । यसअघि सिमेन्टले १३ भदौमा ओपीसी र पीपीसी सिमेन्टमा ५३ ग्रेडको अनुमति पाएको थियो । विभागकी प्रवक्ता ज्योति भट्टले ह्वासिन सिमेन्टले ४३ ग्रेडका लागि अनुमति माग गरेको र त्यो पास भएको जानकारी दिइन् ।

धादिङमा रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्छ । नेपालमा भित्रिएको विदेशी लगानीका उद्योगहरु मध्ये अन्तर्राष्ट्रिय बजारमा सबै भन्दा प्रभावशाली उपस्थिति रहेको कम्पनीको रुपमा ह्वासिन सिमेन्टलाई लिइन्छ ।

कुल १५ अर्ब लगानीमा लगानीमा २०७५ सालमा सिमेन्ट उद्योगको सिलान्यास भएको थियो । ११ महिनामा निर्माण सकेर व्यवसायिक उत्पादनमा जाने भनिए पनि उद्योगले राजनीतिक, प्रशासनिकसँगै प्राकृतिक अवरोध समेत झेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?