+
+

परीक्षामा चिटिङ रोक्ने गज्जबको आइडिया

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १३:४४

काठमाडौं । फिलिपिन्सको विद्यार्थीले परीक्षाका क्रमममा लगाएको ‘चीट विरोधी टोपी’ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

फिलिपिन्सको लेगाजपी सहरको एउटा कलेजका विद्यार्थीलाई उत्तरपुस्तिका नदेख्ने गरी ‘हेडगेयर’ लगाउन भनियो ।

कलेजले दिएको निर्देशन अनुसार विद्यार्थीले घरमा पाइने कार्डबोर्ड, अण्डाको बाक्सा तथा पुन: प्रयोग गरिएका सामग्रीहरूबाट ‘हेडगेयर’ बनाए । र परीक्षामा सहभागी भए । जुन तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उनीहरुकी शिक्षिकाले विद्यार्थीमा निष्ठा र इमान्दारिता सुनिश्चत गर्नका लागि रमाइलो माध्यम खोज्दै थिइन् । बिकोल युनिभर्सिटी कलेज अफ इन्जिनियरिङका मेकानिकल इन्जिनियरिङकी प्राध्यापक मेरी जोय मन्डेनले यो आइडिया निक्कै नै प्रभावकारी भएको बताइन् ।

उनले विद्यार्थीलाई सामान्य कागज प्रयोग गरेर दायाँ बायाँ हेर्न नमिल्ने सामान बनाउन आफूले आग्रह गरेको बताइन् ।

शिक्षिकाको आग्रह अनुसार फिलिपिन्सका इञ्जिनियरिङका विद्यार्थीले पाँच मिनेटै यो ‘हेडगेयर’ बनाएका थिए । जसमध्येका केही त निक्कै प्रभावकारी र सिर्जनात्माक पनि थिए । केहीले शिक्षिकाको आग्रह मान्नका लागि टोली, हेलमेट तथा हेलोवीन मास्क पहिरिएका थिए ।

उनले केही वर्षअघि थाइल्याण्डमा अपनाइएको विधिबाट आफू प्रेरित भएको बताइन् । सन् २०१३ मा थाइल्याण्डकी एक जना विद्यार्थीले अगाडि मात्र हेर्न मिल्ने तर दायाँ बायाँ हेर्न नमिल्ने गरी कागजले अनुहार ढाकेको तस्वीर सार्वजनिक भएको थियो ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?