+
+

मितेरी पुलमा ट्रकको ठक्करबाट भारतीय वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १५:३०

७ कात्तिक, वीरगञ्ज । वीरगञ्ज नाकास्थित नेपाल भारत सीमामा सोमबार ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।

वीरगञ्ज रक्सौल नाकास्थित मितेरी पुलमा भारत घर भएका अन्दाजी ६० वर्षीय एक वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला रक्सौल नगर परिषद वडा नम्बर १८ बस्ने विश्वनाथ साह रहेको भारतीय प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो भारतबाट नुन लिएर आउँदै गरेको ना ३ ख ९५९८ नम्बरको ट्रकले मितेरी पुलमा उनलाई ठक्कर दिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

घटनास्थल भारतमै परेको र मृतक पनि भारतीय भएकाले शव भारतीय प्रहरीको जिम्मा लगाइको प्रहरीले जनाएको छ । ट्रक भारतीय प्रहरीले लगेको छ भने चालक फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?