+
+

अब यी फोनमा चल्नेछैन ह्वाट्सएप

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १६:५३

लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएप २४ अक्टोबरदेखि विभिन्न डिभाइसमा बन्द हुने भएको छ । योसँगै प्रयोगकर्ताहरुले ह्वाट्सएप निरन्तर प्रयोग गर्न ती मोबाइल फोन परिवर्तन गर्नुपर्ने भएको छ ।

वास्तवमा ह्वाट्सएपले पुराना आइफोनमा आफ्नो सपोर्ट बन्द गर्न लागेको हो । कम्पनीले यस विषयमा औपचारिक रुपमा जानकारी समेत दिइसकेको छ । साथै प्रयोगकर्ताहरुले ह्वाट्सएपको नियमित प्रयोगका लागि आफ्नो आइफोनमा पुरानो आईओएस अपरेटिङ सिस्टम भए त्यसलाई अपडेट समेत गर्नुपर्नेछ ।

समाचार अनुसार सोमबारदेखि आईओएस १० तथा आईओएस ११ मा ह्वाट्सएपले काम गर्नेछैन ।

स्मरण रहोस्, यी दुई अपरेटिङ सिस्टममा हाल आइफोन ५ र आइफोन ५ एस मात्र रहेका छन् । त्यसैले अब आइफोन ५ र आइफोन ५ एसमा ह्वाट्सएप चल्नेछैन । यदि तपाईंको ह्वाट्सएप अकाउन्ट ती फोनमा चलाइरहनु भएको छ भने अब फोन नै परिवर्तन गर्नुपर्नेछ ।

ह्वाट्सएपले आइफोन ५ तथा ५ एसलाई यस विषयमा नोटिफिकेसन समेत दिंदै छिट्टै नै ती फोनमा ह्वाट्सएप बन्द हुने जनाएको छ । यदि तपाईंको आइफोन अहिले पनि आईओएस १० तथा आईओएस ११ मा चलेको छ भने तुरुन्तै अपडेट गर्नुपर्नेछ । त्यसका लागि फोनको सेटिंग्समा गएर General Section मा ट्याप गरी फोन सफ्टवेयर अपडेट गर्नुपर्नेछ ।

एप्पलले अहिले आईओएस १६ जारी गरिसकेको छ र उसका धेरैजसो पछिल्ला आइफोन यसैमा चलिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?