+
+

केन्यामा प्रहरीद्वारा गोली हानी पाकिस्तानी पत्रकारको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १७:३८

७ कात्तिक, काठमाडौं । केन्याको प्रहरीले अर्कै व्यक्ति ठानेर गोली हान्दा पाकिस्तानी पत्रकारको मृत्यु भएको बताएको छ ।

४९ वर्षका अर्सद सरिफको आइतबार केन्याको राजधानी नैरोबी नजिकैको काजियाडो काउन्टीमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

उनको मृत्युबारे छानबिन सुरु भएको र प्रारम्भिक अनुसन्धानका क्रममा अर्के व्यक्ति भन्ठानेर उनीमाथि गोली हानेको पाइएको प्रहरीले जनाएको छ ।

‘अर्सद एउटा कारमा थिए, जुन कार चोरीको भएको आशंकामा प्रहरी अधिकारीले रोक्न खोजे,’ प्रहरीको प्रारम्भिक अनुसन्धान रिपोर्टले भन्छ, ‘तर गाडी नरोकेपछि गोली हाने ।’

अर्सद पाकिस्तानी सेनाका आलोचक र पूर्व प्रधानमन्त्री इमरान खानका समर्थक थिए ।

गत मेमा आफूलाई सताइएको भन्दै अर्सदले पाकिस्तान छाडेका थिए । त्यसयता उनी दुबई र बेलायतमा बस्दै आएका थिए ।

उनी केन्यामा किन गएका थिए र त्यहाँ के गर्दै थिए भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?