+
+

बलात्कार आरोपी वडाअध्यक्षलाई पक्राउ गर्न माग गर्दै निजगढमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १८:४४

७ कात्तिक, वीरगञ्ज । बाराको निजगढमा बलात्कारको आरोप लागेका वडाध्यक्षलाई पक्राउ गर्न माग गर्दै स्थानीय वासिन्दाले प्रदर्शन गरेका छन् । पूर्व पश्चिम राजमार्गमा प्रदर्शन गरेर उनीहरुले केहीबेर सवारी आवागमन समेत ठप्प पारेका थिए ।

निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । किशोरीका अभिभावकले २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा वडा अध्यक्ष श्रेष्ठ विरुद्ध किटानी जाहेरी समेत दिएका थिए ।

दशैंको टीकाका दिन १९ असोजमा अध्यक्ष श्रेष्ठले किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । घटनापछि वडा अध्यक्ष श्रेष्ठ फरार छन् ।

श्रेष्ठलाई पक्राउ गर्न प्रहरीले तदारूकता नदेखाएको आरोप महिला अधिकारकर्मीको छ । दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, किशोरीका परिवारलाई वडा अध्यक्ष श्रेष्ठका आफन्तहरुले मानसिक तनाव दिने गरेकाले संरक्षण र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले भने जाहेरी परेलगत्तै घटनास्थल जाँच मुचुल्का, किशोरीको स्वास्थ्य परीक्षण गर्ने, बयान लिने लगायतका कानुनी प्रक्रियाहरु पूरा गरेको बताएको छ । आरोपी वडा अध्यक्ष श्रेष्ठलाई खोज्न विशेष टोली नै परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?