+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

माझी बस्तीमा आशा न उत्साह

राजन पौडेल राजन पौडेल
२०७९ कात्तिक ८ गते ८:२०
माझी बस्ती र त्यहाँको दिनचर्या झल्काउने तस्वीरहरू ।

८ कात्तिक, पर्वत । पोखरा बेनी सडक खण्डको मालढुंगामा ठूलो पहाडमुनि कालीगण्डकीको किनारमै एउटा बस्ती छ- माझी बस्ती । १५० परिवार बसोवास गर्ने यो बस्तीमा तीन सय हाराहारीमा मतदाता छन् ।

जिल्लामा राजनीतिक दलका नेता तथा कार्यकर्ता मंसिर ४ को चुनावमा आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै गाउँ घर घुमिरहँदा र गाउँ घरका मान्छे तिहारको रौनकमा रमाइरहँदा यो बस्तीमा न त तिहार आएको छ न चुनाव नै ।

बस्तीका बासिन्दा कालीगण्डकी तीरमा बालुवा चाल्दै र गिट्टी कुट्दै गरेका देखिन्छन् । बिहानदेखि बेलुकीसम्म नै गिट्टी नकुट्ने हो भने बिहान बेलुकीको छाक टार्न नै धौ-धौ छ यहाँका माझी समुदायलाई ।

‘न कुनै चार्डपर्वको रमाइलो न कुनै आश न कुनै चुनावको उत्साह हामीलाई’, माझीबस्तीको सामुहिक बोली हो यो ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मा पर्ने यो कालिगण्डकी तीरको बस्तीमा आउने नेताहरुले घाउका लागि मलम होइन नुनचुक लिएर आउने गरेको बताउँछन् उनीहरु ।

चुनावका समयमा भोट माग्न आउनेले कालिगण्डकी नदी किनार र सडकको पहिरोले जोखिममा परेको बस्तीलाई उचित ठाउँमा स्थानान्तरण गर्ने आश्वासन मात्र दिएको काम नगरेको मैना गुरुङको गुनासो छ । ‘के माग्नी हो माग हामी सबै पूरा गर्छौं, हामीलाई भोट देउ भन्छन्,’ उनी भन्छिन, ‘अनि चुनाव जितेपछि अर्को चुनावसम्म देखा नै पर्दैनन् ।’

नेताहरुले आफ्नाका लागि मात्र काम गरेको तर जनताका लागि कुनै काम नगरेको उनीहरुको आरोप छ । ‘अहिलेसम्म कसैले केही गरेनन् बस्तीमा आउँछन् भोट माग्छन्,’ बालुवा र ढुंगामा पसिना बगाएर ४ दशक बिताएकी भद्रकाली श्रेष्ठ भन्छिन्, ‘मलाई भोट दिएर जिताउनुहोस भनेर सपना देखाउँछन् । चुनावमा जितेर उनीहरु चिल्लो कारमा हिँड्छन् । हाम्रा दुख ज्युँका त्युँ नै छन् ।’

३ पदक चुनाव जितेका नेपाली कांग्रेसका अर्जुन जोशीलाई पराजित गर्दै २०७४ को निर्वाचनमा पर्वतबाट पदम गिरी निर्वाचित भएका थिए । यो पटक पनि उनीहरुसहित १२ जना प्रतिस्पर्धामा छन् ।

उम्मेदवारहरूले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, दीर्घकालीन रोजगारीको अवसरको ग्यारेण्टीलाई चुनावी नारा बनाएका छन् । तर उनीहरु जसले जिते पनि आफूहरुलाई केही नहुने माझी बस्तीको साझा बुझाइ छ ।

विगतमा खोला किनारबाट ढुक्कसँग बालुवा गिट्टी निकाल्न पाउने गरेका उनीहरु अहिले नगरपालिकाले आफूहरुको रोजीरोटी खोसेको बताउँछन् । नगरपालिकाले कालीगण्डकी नदीबाट बालुवा गिट्टी निकाल्न नपाउने निर्णय गरेकोमा उनीहरु असन्तुष्ट छन् ।  नगरपालिकाको ननिकाल्न भने पनि उनीहरुले आफ्नो काम भने छाडेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?