+
+

यसरी गरे सेलिब्रिटीले लक्ष्मीपूजा (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते १८:३३

काठमाडौं । तिहारको महत्वपूर्ण दिन हिजो (सोमबार) धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइएको छ । सेलिब्रिटीहरुले दीपावली गरी लक्ष्मीपूजा गरेका छन् ।

थुप्रै सेलिब्रिटीले दीपावली गर्दै लक्ष्मीपूजा गरेका तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरेका छन् । अघिल्ला केही वर्ष कोरोना महामारीका कारण त्यति उल्लासमय हुन नसकेको तिहार यस वर्ष सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले हर्षोल्लासपूर्वक मनाइरहेका छन् ।

आसन्न चुनावमा राप्रपाको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार रहेकी अभिनेत्री रेखा थापाले पति बलराम शाहीसँग दीपावलीमा बत्ती बाल्दै गरेको तस्वीर सेयर गरेकी छन् । उनको विवाहपछिको यो पहिलो दीपावली हो ।

यस्तै यसैवर्ष विवाह बन्धनमा बाँधिएकी केकी अधिकारीले पनि लक्ष्मीपूजा गरेको खुसी सामाजिक सञ्जालमा बाँडेकी छन् । यस्तै अभिनेत्रीहरु वर्षा सिवाकोटी, पूजा शर्मा नम्रता सापकोटा, गायक प्रमोद खरेल, गायिकाहरु रेखा शाह, अस्मिता अधिकारी लगायतले पनि लक्ष्मीपूजा गरेका छन् ।

तस्वीरहरु : सम्बन्धित कलाकारको फेसबुक र इन्स्टाग्रामबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?