+
+

अक्षय कुमारको ‘रामसेतु’ र अजयको ‘थ्यांक गड’को ओपनिङ कमाइ कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ९ गते १२:२४

काठमाडौं । अक्षय कुमार र ज्याकलिन फर्नान्डिज स्टारर बलिउड फिल्म ‘रामसेतु’ले बक्स अफिसमा सुखद् ओपनिङ गरेको छ । तिहारको अवसर पारेर मंगलबार रिलिज भएको फिल्मले पहिलो दिन भारतीय बक्स अफिसमा १५ करोड भारु कमाइ गरेको छ ।

रामसेतुको ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई लिएर दर्शकमा पर्खाइ थियो । अभिषेक शर्मा निर्देशित फिल्मले समीक्षा पनि राम्रो पाएको छ ।

यसअघि रिलिज भएको अक्षयको फिल्म ‘बच्चन पाण्डे’ले १३ करोड ओपनिङ कमाइ गरेको थियो भने सम्राट पृथ्वीराजले १० करोड कमाइ गरेको थियो । दुवै फिल्म बक्स अफिसमा असफल सावित भएका थिए ।

मंगलबार नै रिलिज भएको अजय देवगणको ‘थ्यांक गड’ले भने ८ करोड १० लाख भारुको सुरुवाती कमाइ गरेको थियो । सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंहको समेत मुख्य भूमिका रहेको फिल्मको नयाँ कन्सेप्टका कारण दर्शकमाझ पर्खाइ रहेको थियो । इन्द्रकुमारको निर्देशन रहेको फिल्म मनोरञ्जनात्मक बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?