+
+

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बसमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १० गते ९:१७
Photo Credit : Bikash Rauniar

१० कात्तिक, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बुधबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट सिराहाका लागि छुटेको बागमती प्रदेश ३ ००१ ख ०७२२ नम्बरको यात्रुबाहक बसले गल्छी गाँउपालिका वडा नं. ७ स्थित खेस्टेखोला पुलनजिकै विपरीत दिशाबाट आउँदै गरेको बा. ९२ प २३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक थाँक्रे गाउँपालिका वडा नं. ११ का २६ वर्षीय सुनिल थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का ३४ वर्षीय रमेश लामा घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बसमा आगजनीसमेत गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । प्रहरी र धुनिबेशी नगरपालिकाको दमकलको सहयोगमा बसको आगो निभाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?