+
+

पल शाहले कारागारभित्रै लगाए बहिनी रोशनीबाट भाइटीका

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १३:५२
अभिनेता पल शाह र उनकी बहिनी रोशनी भाइटीकामा । फाइल तस्वीर

काठमाडौं । अभिनेता पल शाहलाई तनहुँ कारागारभित्रै बहिनी रोशनीले भाइटीका लगाइदिएकी छन् । बिहीबार रोशनी फूलमाला, मिठाइ, भाइमसलालगायत टीकाका सामग्री लिएर रोशनी दाजु पललाई टीका लगाइदिन कारागारमा पुगेकी थिइन् ।

तनहुँ कारागार प्रमुख नारायण अधिकारीले अनलाइनखबरलाई दिएको जानकारीअनुसार पलसहित ८० जना बन्दीले भाइटीका लगाएका थिए । ‘हामीले उहाँलगायत तनहुँ कारागारका बन्दीहरुलाई आफन्तजनबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका थियौं । त्यहीअन्तर्गत उहाँले पनि सोही सुविधा प्राप्त गर्नुभएको हो,’ अधिकारीले भने ।

पल निकट संगीतकर्मी योगेशकाजी र सहयोगी जुरी ठाकुरले रोशनीले कारागारमै पुगेर पललाई भाइटीका लगाइदिएको बताए । ‘यसपटकको भाइटीकामा पनि रोशनी र पलबीच दाजुबहिनीको भावुक दृश्य देखिएको भन्ने सुनें,’ योगेशले भने ।

यसपटकको दशैंमा पनि रोशनीले पलको दशैंटीकाको टिकटक भिडियो सेयर गरेकी थिइन् ।

पललाई कारागारमा भेट्न जाने, कानुनी र आर्थिक व्यवस्थापन गर्ने काममा समेत रोशनी सक्रिय छिन् । पलविरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए । उनीविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।

नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोग गरेको मुद्दामा दोषी ठहर गर्दे दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने र २५ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको छ ।

तनहुँ जिल्ला अदालतमा भने पलविरुद्धको मुद्दा कायमै छ । आगामी पेशी कात्तिक १६ गतेलाई तोकिएको जानकारी पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?