+
+

‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जोड्दै दूरसञ्चार प्राधिकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १९:०४

११ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जडान गर्ने भएको छ । यो प्रणली जोड्न भएको टेन्डर रद्द गर्न खोजिएपछि लामो समयसम्म अलपत्र परेको थियो ।

सर्वोच्च अदालतले पुरानै प्रक्रियामार्फत खरिद प्रक्रिया अघि बढाउन फैसला गरेको थियो ।

‘रेभिन्यु असुरेन्स’ (राजस्वको निगरानी), फ्रड डिटेक्सन (ठगी नियन्त्रण) तथा क्वालिटी असुरेन्स (गुणस्तरको सुनिश्चितता) का लागि भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत यस्तो प्रणाली खरिद प्रक्रिया अघि बढेको हो । यसअनुसार ‘इन्टरनेसन कल मनिटरिङ सिस्टम-प्रोब्स, कस्टमाइज्ड ड्राइभ, टेस्ट इक्विपमेन्ट र यसको एसोसरिज’ किन्न लागिएको छ ।

तर, आयातित उपकरणको मूल्य अस्वभाविक भएको भन्दै भन्सार प्रशासनले अनुस्नधान गरेको चर्चा भएको थियो । एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्टान्डर्ड बिडिङ डकुमेन्टअनुसार नै आशयपत्र माग गरी छनोट भएको संस्थाहरुबाट प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको बताएको छ ।

सर्वोच्च अदालतको फैसलापछि नयाँ प्रविधि अनुसारको प्रस्ताव गरे भन्दा थप सेवा, सफ्टवेयर तथा उपकरण समेत प्राप्त गरी खरिद गर्ने सम्झौता भ्यानराइज सोलुसन्स सल अफसोर, लेबनानसँग सम्झौता गरिएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली बजारमा नपाउने उपकरणहरु तथा यो प्रोजेक्टमा मात्रै प्रयोग गर्न सक्ने विशेष प्रकारको उपकरणहरु भी प्रोब एप्लाइन्सेस फर भोइस एन्ड एसएमएस ट्राफिक-१०९ सेट, ल्यापटेप विथ ड्राइभ टेस्ट किट र कन्ट्रोल प्यानल-२ सेट, सेल फोन-८ सेट ल्याउन लागिएको छ,’ प्राधिकरणले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?