+
+

फेसबुकले निष्क्रिय बनायो एमआरआर ग्रुपलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते ९:०६

१३ कात्तिक, काठमाडौं । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकको संचालक कम्पनी मेटाले निष्क्रिय बनाएको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्क्रिय गराएको हो ।

सुरुमा युवाका सरोकार र रमाइला प्रसंगमा रुचि राख्ने एमआरआर पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा यसलाई निष्क्रिय बनाइएको यो ग्रुपका संचालकले आकलन गरेका छन् ।

यसका एकजना एडमिनले फेसबुक एआईले एमआरआरलाई निष्क्रिय गराएको जानकारी दिएका छन् । तर कुन पोष्ट र कमेन्टले ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको हो भनेर देखाउनुपर्नेमा त्यस्तो पनि नदेखाइएको उनको भनाइ छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरुसँग घृणा फैलाउने खालका पोष्ट रोक्ने विषयमा छलफल गरेको थियो ।

एमआरआर गत वैशाखको स्थानीय चुनावमा काठमाडौंको मेयर पदका उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई जिताउन सक्रिय भएको थियो ।

त्यसैले ग्रुप निष्क्रिय हुनुमा आयोगको भूमिका त छैन भक्ने अनुमान एडमिन चलाउनेहरूको छ । तर आयोग पदाधिकारीहरूले भने यसबारे कुनै छलफल नै नभएको बताए । एक अधिकारीका अनुसार एमआरआर ग्रुपबारे थाहा नै थिएन ।

उक्त ग्रुपलाई अहिले पुनः निष्क्रिय बनाउन ‘रिभ्यु रिक्वेस्ट’ गरिएको संचालकले जनाएका छन् ।

एमआरआर फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?