+
+

भक्तपुरमा सवारी दुर्घटना हुँदा बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १८:०९

१३ कात्तिक, भक्तपुर । सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ च ८८५८ नम्बरको कार, बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र बा ४ ख ५७९६ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दोलखा विगु गाउँपालिका–६ खोपाचाँगु घर भई हाल काठमाडौं बौद्ध बस्ने ६ वर्षीय आर्जन शेर्पाको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक मृतक बालकका पिता ४९ वर्षीय ढावा शेर्पाको भने भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले बताए । प्रहरीले दुर्घटना भएका तीनवटै सवारीसाधन र बस चालक दोलखा भीमेश्वर नगरपालिका-४ जिलु बस्ने २६ वर्षीय भरत चौलागाईं र कार चालक भक्तपुर नगरपालिका-२ इताछे बस्ने २६ वर्षीया रिया कायस्थलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रहरीका अनुसार एक पैदल यात्रुले अचानक बाटो काटेपछि अगाडि रहेको कारले ब्रेक लगाउँदा पछाडि रहेको मोटरसाइकल कारमा ठोक्किएर लडेको र पछाडि आइरहेको बसले मोटरसाइकलमा सवार यात्रुलाई ठक्कर दिएको हो । मोटरसाइकलमा सवार महिलालाई भने केही नभएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?