+
+
Shares

डेनमार्कका रोजगार मन्त्रीसँग नेपाली समुदायको अन्तरक्रिया 

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते ७:२४

बार्सिलोना । डेनमार्कका रोजगारमन्त्री पिटर हुमलगार्डले शनिबार नेपाली समुदायसँग कोपेनहेगनमा अन्तरक्रिया गरेका छन्।

एनआरएनए डेनमार्कको आयोजना सम्पन्न अन्तरक्रिया कार्यक्रममा मन्त्री पिटरले डेनिस सरकारको रोजगारी निति बारेमा बोलेका हुन्।

मंगलबार हुने डेनमार्कको संसदीय चुनावको पूर्वसन्ध्यामा सोसल डेमोक्रेट्सका नेता समेत रहेका उनले आफ्नो चुनावी प्रचार समेत गरे।

मन्त्री पिटरले आगामी सरकार आफ्नै पार्टीको नेतृत्त्वमा गठन गर्न सके अझ प्रभावकारी रोजगारी नीति ल्याउने घोषणा समेत गरे।

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले डेनमार्कमा कुनै पनि किसिमको श्रम विभेद हुन नहुने बताए।

मन्त्री पिटरले डेनमार्कको विकासका लागि नेपाली समुदायले पनि श्रम खर्चेको भन्दै आगामी दिनमा पनि अझै सहकार्य गर्ने प्रतिवद्वता व्यक्त गरे।

अन्तरक्रिया कार्यक्रममा सोसल डेमोक्रयाट्सका स्थानीय नेता हरि न्यौपानेले स्वागत मन्तव्य राखेका थिए। एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले संचालन गरेको डेनमार्कस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले नोभेम्बर १ मा आम निर्वाचन गर्ने घोषणा गरेकी थिइन्। १७९ सिटका लागि हुने संसदीय निर्वाचनमा वर्तमान सरकारको नेतृत्व गरिरहेको सोसल डेमोक्र्याटिक पार्टीलाई दक्षिणपन्थी विपक्षीहरूले कडा टक्कर दिने सर्वेक्षणले देखाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?