+
+
Shares

दुई अलग जनराका गायक सज्जनराज वैद्य र पशुपति शर्माका गीत युट्युब ट्रेन्डिङमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १३:०५

काठमाडौं । पशुपति शर्मा र सज्जनराज वैद्यले नेपाली संगीतमा दुई अलग जनराको प्रतिनिधित्व गर्छन् । संगीतमा अलग स्वाद रुचाउने दर्शकका यी दुई अलग सेलिब्रिटी पनि हुन् ।

दुवै जनाले लामो समयपछि नयाँ गीत ल्याएका छन्, जसले नेपालको युट्युब ट्रेन्डिङमा दबदबा जमाइरहेको छ । नौ दिनअघि रिलिज भएको वैद्यको गीत ‘धैर्य’ ट्रेन्डिङको शीर्षस्थानमा छ ।

सोमबार जन्मदिन मनाइरहेका गरेका पशुपतिले चाहिं यही अवसरमा नयाँ लोकदोहोरी गीत ‘आफ्नो आफ्नो दुःख’ रिलिज गरेका छन् । सज्जनको गीत शीर्ष ट्रेन्डिङमा रहँदा पशुपतिको गीत दोस्रो स्थानमा छ ।

सज्जनराज वैद्य सहज तथा मनमै छुने लिरिक्समा भाव बुन्न माहिर मानिन्छन् । तन्नेरी पुस्ताका दर्शक र श्रोताबीच अहिले केही दिनअघि चर्चित बनेको यो गीत ट्रेन्डिङबाट झर्ने छाँटकाँटमा छैन ।

बोलीले तिमीलाई तर्साए, नबोलिनै बसौं न मायालु

बचनले तिमीलाई झस्काए, कसम नखाइदिउँला म बरु

तिम्रो लालीले अंगाली लैजाउन मलाई,

अतासिदैं ढुकढुकाउने ढुकढुकीको बास मै

चाहिए जति लेउ समय, तिम्रो बोली आवाजलाई

मेरो नामका यी लवज सिकाउन

धैर्य सिकी बसुन्जेल म, केही बेर लागे केही छैन

तिम्रो मनलाई मेरो याद आउन

 

अर्कोतर्फ छन् पशुपति शर्मा । मनोरञ्जनमा समाज, राजनीति र मानवीय संवेदनालाई अन्तरघुलन गराउन पशुपति निपूर्ण छन् । नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’मा उनले यिनै भाव प्रस्तुत गरेका छन् ।

आफ्नो गायकीमा पशुपतिले मानवीय मर्मलाई पोतेका छन् । लोकगीत रुचाउने जनराका दर्शक तथा श्रोताका लागि पशुपतिको यो गीत रुचिकर हुनसक्छ ।

मलाई पनि छ, उनलाई पनि छ

आफ्नो आफ्नो दुःख त

जूनलाई पनि छ

अहिलेसम्म ६ लाखभन्दा बढी पटक पशुपतिको यो गीत हेरिएको छ भने कमेन्टमा पनि उनलाई राम्रो प्रतिक्रिया मिलिरहेको छ । कुनै भव्य तामझामबिना निर्माण गरिएको भिडियोले दर्शकलाई ‘होल्ड’ गर्न सक्छ । भिडियोमा पशुपति स्वयं फिचर्ड छन् ।

 

गीतसँगै यतिबेला पशुपतिलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामनाको ओइरो पनि लागिरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?